बन्दुकको एउटा गोलीले यसरि उजाडियो सिवाकोटी परिवार (भिडियोसहित)
ड्यालस, २७ साउन ।
गोलि काण्डको एक भयानक ज्वालाले एउटा नेपाली परिवार अमेरिकामा उजाड बनेको छ । गत वर्षको जुनमा एक अश्वेत अमेरिकि युवाले हानेकोे गोली लागेर समिराको ज्यान गयो ।
शिवाकोटी दम्पति टेक्सासमा आफ्नै सानो व्यावसाय संचालन गरेर बसेका थिए । यता घटनाको करिव १५ महिना पछी समिराका पति नवराज शिवाकोटीले आइतबार त्यही पीडा भुल्न नसकेर आत्महत्या गरेका छन् ।
तीन वर्ष र दुई वर्षका दुई कलिला छोरीको मायाले पनि नवराजलाई बाँच्न प्रेरित गरेन । टेक्सससँगै सीमा जोडिएको ओक्लाहोमामा उनले आत्महत्या गरे ।

नवराजको आत्महत्यासँगै नेपालको दोलखाबाट सुन्दर सपना सजाएर अमेरिका पुगेको शिबाकोटी परिवार पुरै उजाडि बस्न्न्स पुगेको छ । अमेरिकामै जन्मिएका दुई साना बच्चाका आमा–बाबु नै गरहेपछी उनीहरुको लालनपालनको जिम्मेदारी नवराजका दाजु विष्णुको काँधमा आएको छ ।

गएको वर्षको जुन १० तारिकमा डेन्टनको ‘दी कोलोनी’ मा आफ्नै ग्याँस स्टेसनमा ग्राहक बनेर आएका एक अश्वेत युवकले गोली हानेर समिराको हत्या गरेपछी चार जनाको यो सुन्दर परिवारमा ग्रहण सुरु भयो उसै माथि आइतबार नवराजले पनि आत्महत्या गरेपछि त परिवार पुरै उजाडियो ।
बुधबार ड्यालसको ‘हग्स फनरल हाउस’ मा गरिएको गवराज्को अन्तेष्टीमा ती दुई साना अबोध नानीहरुलाई देखेर आँशु नचुहाउने कोही नेपाली थिएनन् । नवराजका दाजु विष्णुले आफ्नो भाईको निधनको कारणबारे अन्तेष्टीका लागि उपस्थित नेपालीलाई जानकारी गराउँदै गर्दा नवराजकी जेठी छोरी ठूलो बुबा विष्णुकोको अघिल्तिर रोष्ट्रममा झुम्मिन पुगेकी थिइन् ।
विष्णुका दुई छोरा छन् । अब अरु दुइ छोरीको जिम्मेवारी पनि उनैमा थपिएको छ । भाईका दुई छोरीहरुलाई कुनै अभाव र कमि हुन नदिएर आफ्नै सरह गरेर पाल्ने बताएका छन् । विष्णुले दुई छोरीको पालन पोषणमा कुनै कमीकमजोरी हुन नदिनेमा नेपाली समुदाय विश्वस्त बनाए ।

पत्नी वियोगको पीडालाई किन भुल्न सकेनन् नवराजले ?
पत्नी वियोगको १४ महिनासम्म पनि उनले आफूलाई सम्हाल्न सकेनन् न त यतो कालो दिन भुल्ने कोसिस नै गरे ती कलिला छोरीहरुको अनुहार हेरेर । पछिल्लो समयमा डेन्टन अदालतमा मुद्धाको अन्तिम सुनुवाई भइरहेकाले उनले सन् २०१५ जुन १० को त्यो कालोदिनलाई भुल्न सकेका थिएनन् होला । "नवराजले आफूलाई सम्हाल्न सकेन" दाजु विष्णु भन्छन ।
ओक्लाहोमामा घाइते अवस्थामा नवराज भेटिएका थिए । उनलाई लाई एअर एम्बुलेन्सबाट प्लानो हस्पिटलमा ल्याएर उपचारको सक्दो प्रयास गरिएको थियो तर अति जटिल अवस्थामा भएकोले कुनै दक्ष चिकित्सकको प्रयासबीच उनले मंगलबार प्राण त्यागे ।
अन्तेष्टी समारोहमा नवराजका दाजु विष्णुको भनाई सुन्दा लाग्थ्यो उनी जीवनबाट अघाइसकेका थिए । ‘उसले शनिबार दिउँसो स्टोरको सबै हिसाबकिताब, सेल्स ट्याक्स (बिक्रीकर) को विवरण तयार गरेर छाडेको रहेछ,’ विष्णु भन्छन । भाउजुलाई फोनमा राति अबेरमात्र फर्किने भनेको र रातिसम्म पनि नआएपछि खोजी तीब्र बनाइएको थियो । ग्याँस स्टेसन चलाएर रमाइरहेका उनी गत वर्ष पत्नी गुमाउनुपरेपछि मानसिक रुपमा असाध्यै विचलित थिए नवराज ।
सन् २००४ मा नवराजको परिवार अमेरिका गएको थियो । गत वर्ष समिराको असामयीक निधन, अझै उल्लेख गर्नुपर्दा आपराधीको हातबाट जीवन गुमाउनु परेकोले उसै त शोकाकुल बनेको नेपाली समुदाय नवराजको निधनले थप शोकमा डुबेको छ ।
समिरा हत्याको भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्
Loading...