नेविसंघको नेतृत्वका लागि देउवा र पौडल पक्ष भिड्दै, उपाध्यक्ष पदका लागि ४९ जनाको उम्मेदवारी

काठमाडौं, १ भदौ ।

नेविसंघको नेतृत्वका लागि अाज कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबीचका विद्यार्थी समूहबीच नै मुख्य प्रतिस्पर्धा हुदै छ ।

पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्का पक्षीय विद्यार्थी समूहबाट पनि उम्मेदवारी परेको छ ।

 खड्का निकटका विद्यार्थीहरूलाई मत हाल्नु अघिसम्म मिलाउने प्रयासमा देउवा पक्ष जुटेको छ । प्रतिनिधिको विषयमा लामो विवाद र रस्साकस्सीपछि नेतृत्वका लागिआज निर्वाचन हुन लागेको हो ।

गत साताको आईतबार महाधिवेशन उद्घाटन भएपनि आन्तरिक भागबण्डा र चरम विवादले नौ दिनसम्म बन्दसत्र अवरुद्ध भएपछि कांग्रेस नेतृत्वले एकैचोटि निर्वाचन प्रक्रिया अघि बढाइएको हो । आज बिहान ७ देखि बेलुका ७ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा झन्डै ३ हजार ८ सय मतदाता छन् । महाधिवेशन अवरुद्ध भएका कारण घर फर्केका प्रतिनिधिहरूलाई मत हाल्न बोलाइएको छ ।

३५ पदाधिकारीसहित १ सय २९ सदस्यका लागि निर्वाचन हुँदैछ । अध्यक्षमा पार्टीको संस्थापन पक्षबाट नैनसिंह महरको नेतृत्वमा प्यानल बन्ने भएको छ । त्यस्तै पौडेल पक्षबाट मनोजमणि आचार्यको नेतृत्वमा प्यानल बनाउने प्रयास भएको श्रोतको भनाई छ ।

दुवै पक्षले प्यानलको औपचारिक घोषणा भने मत हाल्नु केही समयअघि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको छ । दुवै पक्षबाट अध्यक्षसहित पदाधिकारीमा उम्मेदवारको संख्या बढी भएकाले उनीहरूलाई मनाउने प्रयास जारी राखेका छन् ।

अध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । जसमा पौडेल पक्षबाट आनन्दराज त्रिपाठी, पद्मराज पन्त, लक्ष्मण आचार्य, नगेनसिंह ठकुरीको उम्मेदवारी छ । ती मध्ये त्रिपाठीलाई केन्द्रीय सदस्य शेखर कोइराला र शंकर भण्डारीलगायतको साथ छ । संस्थापन पक्षबाट बचन कार्कीको पनि उम्मेदवारी परेको छ ।
 
केन्द्रीय सदस्य खुमबहादुर खड्का पक्षबाट अध्यक्षमा शुभराम बस्नेतले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षसँग समझदारी नभएपछि खड्का समूहले छुट्टै उम्मेदवारी दिएको हो । खड्का निकट रहेका पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी भने शुभरामको पक्षमा नभई गुह जिल्ला तनहुँ निवासी त्रिपाठीकै पक्षमा लागेका छन् ।

अध्यक्षपछिको प्रभावशाली मानिने निर्वाचित दुई महामन्त्रीमा अध्यक्षकै आकांक्षीले उम्मेदवारी दिएका छन । संस्थापन पक्षले कुन्दनराज काफ्ले र सरोज थापालाई आधिकारिक उम्मेदवार बनाएको छ भने पौडेल पक्षले दीपक भट्टराई र हिमाल दत्त श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएको छ । संस्थापन पक्षबाट राजेश ज्ञवाली र पौडेल पक्षबाट शंकर पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिएका छन ।

उपाध्यक्ष ११ पदका लागि ४९ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष एक पदका लागि ८ जनाको उम्मेदवारी परेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...