अर्घाखाँचीमा जीप दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं, १२ भदौ।

अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । 
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाझिकोटमा लागि छुटेको ग १ ज ४८७६ नम्बरको जीप हंसपुर ९ पोष्टपाटामा दुर्घटनामा परेको हो ।  

यता अर्घाखाचीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने केही हताहती भएको सूचना पाएपनि हताहती संख्याबारे यकिन जानकारी नभएको बताएका छन्। सदरमुकामदेखी १७ किमी टाढा पर्ने स्थानमा जीप दुर्घटना भएको बताएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनाको उद्दार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...