वर्षाका कारण खेल रद्द, भारतले श्रृँखला गुमायो

काठमाडौँ  १३ भदौ ।


भारत र वेष्ट इन्डिजबिचको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेट वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा आइतबार राति भएको दोस्रो ट्वेन्टी–ट्वेन्टीमा खेल रोकिएका बेला एक सय ४४ रनको लक्ष्य पछ्याएको भारतले एक विकेटको क्षतिमा १५ रन बनाएको थियो । रोहित शर्मा १० तथा अजिन्क्या रहाने चार रन बनाएर क्रिजमा थिए । वर्षा रोकिएपनि मैदान ओभानो बनाउने व्यवस्था नहुँदा खेल हुन सकेन । मैदानमा सुपर सोपरको व्यवस्था थिएन, तर विकेट भने छोपिएको थियो । भिजेको मैदानमा बलरलाई समस्या हुने भन्दै रेफ्रिले खेल बिना कुनै नतिजा समाप्त भएको घोषणा गरेका हुन् । योसँगै दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेटको श्रृँखला वेष्ट इन्डिजले १–० ले जित्यो । यसअघि शनिबार राति भएको पहिलो खेलमा भारत एक रनले हारेको थियो । दोस्रो ट्वेन्टी–ट्वेन्टीमा पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले १९ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनायो । वेष्ट इन्डिजका जोनसन चाल्र्सले २५ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाए । भारतका अमित मिश्राले तीन तथा रविचन्द्रन आश्विन, जसप्रित बुमराह र मोहम्मद सामीले दुई दुई विकेट लिए ।
– तस्बिर : इएसपिएनक्रिक इन्फो

,

प्रतिकृया दिनुहोस्

Loading...