प्रचण्डलाई ओली जवाफ ५/६ महिना कांग्रेस भोगेर आउनुस्, अनि सघाउनेछु

काठमाडौं, १९ साउन । 

‘सहमतिको सरकार नाटक हो । त्यस्तो कुरा यहाँ नगरौं । तर एउटा कुरा ख्याल राख्नुस्, हामी तपाईंहरुलाई काम लाग्ने शक्ति हौं । 

अहिले तपाईंलाई यो कुरा थाहा हुन गाह्रो छ । किनकी शरीरमा अर्कै उमंग चढेको बेला छ । ५÷६ महिना कांग्रेसलाई भोगेपछि आजित भएर सहयोग माग्न आउनु भो भने मेरो बचन भो– प्रतिशोध, आग्रह, पूर्वाग्रह केही नराखी उपयुक्त निर्णय गरिनेछ ।’

शनिबार फकाउन आएका प्रचण्डलाई केपी ओलीले यसो भन्दै तर्काएका छन् । सुरुमै भने, ‘राष्ट्रिय सहमतिको सरकारसम्बन्धी एजेन्डामा एमाले प्रवेश गर्न चाहँदैन । 

हाम्रो नेतृत्वमा काँग्रेस आएन । तपाईंहरुले पनि गलत नियतका साथ बीचैमा छाड्नु भयो । अब एमाले तपाईंहरुको पुच्छर लाग्न किन आउँछ ?’

वार्तामा सहभागी सुवाष नेम्वाङ र भीम रावलको साझा सोधाई थियो, ‘हैन, कांग्रेस त राष्ट्रिय सहमतिको पक्षमा थिएन । उसको नीति फेरिएको हो र ?’

‘काँग्रेससहितको बैठकले सबैलाई कुरा गर्न आफूलाई म्याण्डेट दिएको हुँदा यसलाई यसै गरी बुझिदिनुस्,’ प्रचण्डको आग्रह थियो । जनआस्था साप्ताहिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...