प्रचण्डसंग छुट्टीएका सुदर्शन विप्लवसंग जोडिदै, जमलमा ६ समूहबीच एकता हुदै

काठमाडौँ ७ भदौ। 

प्रचण्डसंग छुट्टिएर आफ्नै  नेतृत्वमा कम्युनिस्ट न्युक्लियस गठन गरेर बसेका पूर्व एमाओवादी नेता हेमन्त प्रकाश अाेली 'सुदर्शन' आफ्नो समूह लिएर मंगलबार विप्लव माओवादीमा समाहित हुँदैछन् । 

काठमाडौँको जमलस्थित नाचघरमा मंगलबार दिउसे १ बजे ओली नेतृत्वमा रहेको कम्युनिस्ट न्युक्लियस नेपाल, माअाेवादी केन्द्र छोडेका सन्देश पाैडेल, क्रान्तिकारी माअाेवादी छोडेका इस्लाम हवालीलगायत ६ ओटा समूहहरु विप्लव माओवादीमा  समाहित हुँदै छन्।

उनीहरुले यसलाई क्रान्तिकारी ध्रुवीकरणको सुरुवात भनेका छन् । उक्त एकता भेलामा नेकपा माअाेवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव, कम्युनिस्ट न्युक्लियसका संयाेजक हेमन्त प्रकाश अाेली सुदर्शन र अरू माअाेवादी छोडेर एकतामा आउने नेताहरू सहभागी हुनेछन् ।

जनयुद्धकालमा पुरै समय प्रचण्डकाे निकै बफादार नेताका रुपमा चिनिएका सुदर्शनले प्रचण्ड नेतृत्वकाे माअाेवादी केन्द्रलार्इ दक्षिणपन्थीहरूकाे झुण्ड भएको आरोप लगाउदै आएका छन्।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...