युद्धको अन्त्यका लागि माओवादी बन्दुक उठाउन तयार छ : विप्लव (भिडीयोसहित)

एकिकरण घोषणा सभालाई सम्बोधन गर्दै विप्लव

दिया चन्द, काठमाडौँ ७ भदौ ।

नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले युद्धको अन्त्यका लागी आफुहरु बन्दुक उठाउन तयार रहेको बताएका छन् ।

काठमाडौँको जमलस्थित राष्ट्रिय नाच घरमा मंगलबार भएको पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै  महासचिव विप्लवले यस्तो बताएका हुन् ।

आफुहरुको मुख्य चाहना भनेको दीर्घकालीन शान्ति, स्थिरता र सम्वृद्धि रहेको प्रस्ट पार्दै  विप्लवले यसलाई भाड्न पुराना दलहरुले बन्दुकको सहारा लिए आफुहरु पनि पुरानो सत्ताको बन्दुकलाइ परास्त गर्न बन्दुक नै उठाउन बाध्य हुने बताएका हुन् ।
एकीकरण घोषणा सभामा सहभागीहरु


संसदवादी दलहरुको दश बर्षे उपलब्धिलाई रद्दीको टोकरीमा फालेर माओवादीलाइ पुरै निस्तेज पार्ने रणनीति अपनाएको महासचिव विप्लवले आरोप लगाए । उनले भने, 'यदि उनीहरुले त्यसो गरे हामीले पनि जनताका एजेन्डालाई बन्दुकबाट दबाउन खोज्नेहरुलाइ युद्धबाट नै जितेर छाड्छौँ ।'

सुदर्शनले भने प्रचण्डले मार्क्सवाद नै पढेको छैनन् !

यसैबीच पार्टी एकता कार्यक्रममा बोल्दै कम्युनिष्ट नुक्लियसका संयोजक हेमन्त प्रकाश ओली 'सुदर्शन'ले  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले मार्क्सवाद नै नपढेका टिप्पणी गरेका छन् ।
एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै सुदर्शन

उनले मन्तब्यका क्रममा बोल्दै भने, 'यदि प्रचण्डले मार्क्सवाद पढेका भए व्यबहारमा लागु गरेर देखाउथे होला ।प्रचण्डसँग अनुभव मात्रै छ, त्यसैले उनि अनुभववादी भएर पतन भएका छन् ।'

उनले अगाडी भने, 'रुप भिन्न भएपनि प्रचण्ड र बाबुराम सारमा एकै हुन्, बाबुरामले अहिले जुन बाटो लिएका छन् अन्तत प्रचण्ड पनि त्यही बाटोमा जाने निश्चित छ ।'

नेता सुदर्शनले देश र जनताका लागि केहि गर्न भनेर नेकपा माओवादीसँग एकतामा आएको बताउदै ज्यानको बलिदानी नै दिनु परे पनि तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

को-को थिए सभामा सहभागी ?

काठमाडौँको जमलस्थित नाचघरमा मंगलबार भएको एकता सभामा विप्लव माओवादी  कार्यकर्ता र पत्रकारहरुको उपस्थितिले हल खचाखच भरिएको थियो । 

हेर्दा कुनै ठुलै मेला लागेको जस्तो देखिने नाचघर बाहिर बाक्लो सुरक्षाकर्मीहरुको उपस्थिति समेत रहेको थियो ।सभालाई माअाेवादी केन्द्र छोडेका सन्देश पाैडेल, क्रान्तिकारी माअाेवादी छोडेका इस्लाम हवालीलगायतले सम्बोधन गरेको थिए।

माओवादीका स्थायी समिति सदस्य धर्बेन्द्र बास्तोलाले स्वागत मन्तब्य राखेको उक्त सभाको सन्चालन पार्टीका प्रबक्ता खडक बहादुर बिक 'प्रकाण्ड' ले गरेका थिए । 

विभिन्न ६ ओटा कम्युनिष्ट समूहहरु विप्लव माओवादीसंग एकता गरी पार्टीको नाम नेकपा (माओवादी) राखिएको छ । जुन नाम माओवादीहरुले जनयुद्धकालमा राखेका थियो ।

भिडियोमा हेर्नुस् विप्लवको सम्बोधन

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...