रुट परमिट नभएका सवारी फिर्ता, हजारौं यात्रु बीच बाटोमै अलपत्र
काठमाडौं, ३ भदौ ।
सरकारले रुट परमिट नभएका सवारीसाधनको सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै तराईबाट आएका सयभन्दा बढी सवारीसाधन बीपी राजमार्गअन्तर्गत काभ्रेको भकुन्डेबेसीबाट प्रहरीले बिहीबार फिर्ता पठाइदिएको छ ।
त्यस्तै मकवानपुरको ग्रामीण भेगमा चल्ने १ सय ८५ बससहितका यात्रुवाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रहरीले बिहीबार नै रोक लगाएको छ ।
प्रहरीले हेटौंडाबाट छतिवन, फापरबारी, राईगाउँ, नमटार, कोगटे, आग्रा, डाँडाखर्क, गोगनेलगायत ग्रामीण क्षेत्रमा सञ्चालित एक सय ८५ वटा बससहितका यात्रुवाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको नारायणी यातायात व्यवसायी संघ हेटौंडाका अध्यक्ष बद्री चौलागाईंले बताए ।
काभ्रेको बिर्तादेउरालीमा रुट परमिट नभएको बस सोमबार दुर्घटनामा पर्दा २७ जनाको ज्यान गएपछि सरकारले उक्त निर्णय गरेको थियो । रुट परमिट नभएको क्षेत्रमा सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुनुका साथै बिमा नहुने भएकाले दुर्घटना रोक्न त्यस्ता सवारीसाधनलाई रोक लगाइएको काभ्रे प्रहरीका एसपी राजेशनाथ बास्तोलाले बताए ।
जापान सरकारले बीपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरी पूर्ण रूपमा सञ्चालनमा आएको बर्सौं बिते पनि यातायात व्यवस्था विभागले काभ्रेको भकुन्डेबेसीसम्म मात्र रुट परमिट जारी गरेको छ ।
रुट परमिटबिना आएका सयौं सवारीसाधन बीच बाटोमै रोकिँदा बीपी राजमार्ग हुँदै सिन्धुली, रामेछाप, सर्लाही, महोत्तरीलगायत तराईका जिल्ला जान लागेका हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...