घरमै सुतिरहेका मल्लाहको गोली हानि हत्या

Add caption
काठमाडौं, ३ भदौ ।

कपिलवस्तुको सौराहा गाविस ३ बेलभरियामा एक व्यक्तिको गोली हानेर हत्या भएको छ ।

अज्ञात व्यक्तिको गोली प्रहरबाट बेलभरियाका कुमार मल्लाहका ३२ वर्षीय छोरा राजु मल्लाहको मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब २ बजेको समयमा घरमै सुतिरहेका मल्लाहलाई अज्ञात व्यक्तिले गोली हानेको परिवारका सदस्यहरुले बताएका छन् । अज्ञात व्यक्ति घरभित्रै पसेर राजुको बिच निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

गोली हान्ने व्यक्तिको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यलाय कपिलवस्तुले जनाएको छ । हत्याको कारण खुलेको छैन । प्रहरीले हत्याको अनुसन्धान भइरहेको जनाएको छ ।

घटनास्थल सदरमुकाम तौलिहवादेखि करिब पाँच किलोमिटरको दुरीमा पर्दछ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...