भारतीय अभिनेता शाहरुख अमेरिकामा पक्राउ

काठमाडौं , २८ साउन । 

बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लस एन्जल्स एरपोर्टका सुरक्षाकर्मीले हिरासतमा लिएर छाडेका छन् ।

आफू हिरासतमा रहेको जानकारी दिँदै शाहरुखले ट्वीट गर्दै भनेका छन् ‘म सुरक्षा अवस्थालाइ बुझ्न सक्छु र सुरक्षा जाँचको सम्मान पनि गर्न चाहन्छु । तर, म अमेरिका आउँदा प्रत्येक पटक अध्यागमनको अपमान सहनुपर्छ ।’

हिरासतमा रहेको बेला पोकेमोन गेम खेलेर समय बताएको पनि उल्लेख गरेका छन् । यसपटक अध्यागमनको हिरासतमा रहनु पर्दा साहरुखले अपमान महुशश गरेका छन् । हरेक पल्ट अमेरिका आउादा यस्तो व्यवहार सहनुपरेपछि विश्वकै चर्चित नायकले दिक्क पनि मानेका छन् । साहरुखले ट्विट गरेर यो कुराको जानकारी गराएपछि अहिले यसले भारतीय मिडियामा हंगामा मच्चिएको छ ।

केही समय अगाडि भारत भ्रमणमा आउँदा अमेरिकी राष्ट्रपति बाराक ओबामाले साहरुख खान भारतका लागि गर्व गर्नुपर्ने व्यक्ति भएको बताएका थिए । साथै उनले साहरुख अभिनित चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’को गीत संवाद पनि बोलेका थिए । तर, अमेरिका जाादा धेरैजसो साहरुख अध्यागमनको लफडामा पर्ने गरेका छन् ।

शाहरुखलाइ अमेरिकी अध्यागमन विभागले हिरासतमा लिएको यो नै पहिलो पटक होईन । सन् २०१२ मा उनले न्युयोर्कको हवाई अड्डामा लगभग दुई घण्टा हिरासतमा बस्नु परेको थियो । पछि अमेरिकी विदेशमन्त्रीले यस बिषयमा माफी पनि मागेकी थिइन् । साहरुख यसपटक आफ्ना २ सन्तान आर्यन र सुहानाका साथ अमेरिका पुगेका हुन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...