अज्ञात समूहद्वारा मलेसियन जहाज हाइज्याक

एजेन्सी, १ भदौ । 

नौ लाख लिटर डिजेल बोकेको मलेसियन जहाज हाइज्याक भएको छ। 

इन्डोनेसियाको सामुद्रिक भागमा लगिएको मलेसियाका अधिकारीले जनाएका छन्।

मेलेसियन मरिटाइम इन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले भेर हामोर्नि ट्याङ्कर कुआन्टान पोर्टमा लगिएको अनुमान गरेका छन्।

एमएमइएका निर्देशकले यो जहाज बतामको इन्डोनेसियन टापुमा लगिएको अनुमान भएको ट्वीट गरेका छन्।

कार्गोको मूल्य करिब तीन लाख ९२ हजार ७ सय ९५ अमेरिकी डलर बराबर रहेको बताइएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...