कार्डमार्फत यौन व्यापार, नेपाल पुरुष वेश्याहरूको राम्रो बजार बन्दै

निशान्त शर्मा,काठमाडौं १ भदौ।

केही समयअघिसम्म राजमार्गहरूमा मात्र सीमित यौन व्यापार हिजोआज राजधानीका विभिन्न स्थानमा खुलेआम देखिन थालेका छन् । एकान्त ठाउँ देख्यो कि युवायुवती प्रेमालाप गर्न थालिहाल्छन् । 
राजधानीका कलंकी, गोंगबु बसपार्क, ग्वार्को तथा ठमेलमा अनेक बहानामा यौन बजार गुलजार भइसकेका छन् ।

काठमाडौं मुलुककै राजधानी भएकाले पनि सबैको आकर्षणको केन्द्र बनेको छ । स्वदेशी मात्र होइन, विदेशीहरू पनि नेपाल आएका बेला काठमाडौंमै धेरै समय बस्न रुचाउँछन् । पछिल्लो समय करिब ३० प्रतिशत विदेशी यौन सन्तुष्टिका लागि नेपाल आउने गरेको अनुसन्धानबाट खुलेको छ ।

सम्पत्ति प्रशस्त भएका, तर यौन सन्तुष्टिको खोजी गर्नेहरूका लागि नेपाल सुरक्षा र सन्तुष्टिको मुकाम बन्दै गइरहेको विभिन्न अनुसन्धानले देखाएको छ । पैसा भएपछि नेपाली अथवा विश्वभरिका युवतीसँग संसर्ग गर्न पाइने, गोप्यता भंग नहुने र सुरक्षाकर्मीको पनि खतरामुक्त क्षेत्रका रूपमा नेपाल विकसित भइसकेको छ ।

केही समयदेखि पुरुष बेश्या सस्तै पाइने भएकाले पनि नेपालको यौन बजार गरम बन्दै गएको प्रहरी अनुमान छ । विदेशी हिप्पीहरूसँगको संगत र पर्यटन क्षेत्रसँग सम्बन्धित रहेका केही व्यक्तिहरूले यसमा विकृतिसमेत ल्याउन खोजेका छन् ।

ठमेल आसपासमा साँझको समय हुने तेस्रोलिंगीहरूको भीड यसैको परिणाम हो । साँझ छिप्पिँदै गएपछि ठमेलको सुन्दरमा थपिने मोबाइल गफ, सामाजिक सञ्जालको फण्डा सुन्दा र अनुभव गर्दा नेपालको भूगोलमा पनि यस्तो गतिविधि हुन्छ र भन्ने लाग्छ, तर यथार्थ यही हो जहाँ देख्यो त्यही रेडलाइट एरियाको अभाव खट्किन्छ ।

प्रहरीका अनुसार राजधानीमा पुरुष वेश्याहरू पनि देखिन थालेका छन् । खासगरी श्रीमान्बाट सन्तुष्ट हुन नसकेका, श्रीमान्ले छाडेका अथवा श्रीमान् बाहिर काममा गएका धनाढ्य र नवधनाढ्य महिलाहरूले यौन सन्तुष्टिका लागि पुरुष बेश्या खोज्न थालेका छन् ।

यस्ता एकल महिला अथवा यौन सन्तुष्टि पूरा गर्न पुरुष खोज्दै हिँड्ने महिलाहरूको हजारौंको जमात राजधानीमा रहेको प्रहरीको अनुमान छ । प्रहरीको एक अध्ययन रिपोर्टले पनि नेपालमा पुरुष बेश्याहरूको राम्रो बजार रहेको उल्लेख छ ।

श्रीमती पीडित श्रीमान्हरूले संगठन खोल्नुको कारण पनि खुला यौन बजार नै बढी जिम्मेवार रहेको देखिन्छ । फेसबुक, इमेल, च्याट र वेबसाइटले पनि यौन बजारलाई तताउने गरेको छ । अमेरिका, बेलायत, दिल्लीका वेबसाइट सञ्चालकहरूले नेपालका हरेक सहरमा विश्वभरिका युवतीहरूको बजार खोलेका छन् ।

कार्डमार्फत यौन व्यापार

वेबसाइट सञ्चालकलाई कार्डमार्फत निश्चित शुल्क तिरेपछि राजधानीका विभिन्न ठाउँमा विभिन्न देशका युवतीहरूसँग रात बिताउन पाइन्छ । मुख्य कुरा कुन प्रकारका युवतीप्रति तपाईंको चाख छ, त्यो कुरा वेबसाइटकर्तालाई इमेलबाट बताएपछि उसैले युवतीसँग सम्पर्क गरेर भेटाउने र भिडाउने काम गर्ने गर्दछ । 

अर्थात् यौनबजार राजधानीमा व्यापक छ । प्रहरीको एक अनुसन्धानले रात बिताउन पाकिस्तान, बंगलादेश, साउदी, इरान, दिल्ली, मुम्बईदेखिका ग्राहकहरू नेपाल आउने गरेको देखाएको छ ।

ठमेल जहाँ साँझ परेपछि यौन सम्बन्ध राख्न खुला बार्गेनिङ चल्छ

राजधानीको ठमेल पर्यटकीय थलो त छँदैछ । पछिल्लो समय यसलाई अघोषित रेड लाइट एरिया नै भनेर चिनिने गरेको छ । ठमेलमा देखाउने र गर्ने अनुहार फरक फरक छन् ।

मसाज केन्द्रको नाममा यौन व्यवसाय र होटल सेवाको नाममा पनि यौनकै व्यवसायी भइरहेको छ । पछिल्लो समय ठमेलमा यौन व्यवसायमा संलग्न यौनकर्मीहरू बढेपछि यौनदररेटमा केही खुकुलोपन देखिन्थ्यो । 

यौनकर्मीहरू न्यूनतम पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा यौन प्यास मेटाउन चाहनेहरूलाई सन्तुष्टि दिन तयार हुन्थे ।

रेट तय हुनेबित्तिकै यौनकर्मी ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लागेका देखिन्थे । प्रहरीको भ्यान आउँदा उनीहरू भित्रपट्टिको गल्लीहरूमा लुक्थे । गइसकेपछि फेरि सडकमा आउँथे । यसले पश्चिमा मुलुकको रेड लाइट एरियालाई सम्झाउन पर्याप्त थियो ।

पाँच सयदेखि एक हजारमै पाइन्छन् ‘सेक्स वर्कर’

सडकका दुवैतिर लहरै बसेका १२ देखि ३५ वर्ष समूहका करिब १५ जना यौनकर्मीहरू हिँडिरहेकालाई तान्दै आफ्नो दररेट भनिरहेको सुनिन्छ । एउटा समूह ग्राहकसँग गएपछि भित्रतिरका गल्लीमा बाक्लै गरी बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँछ । 

होटेल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएका देखिन्छन् । ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका छन्, बाध्यता सहेर बसेका छन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...