नेपाली विशेष दुतले भारतीय प्रम मोदीलाई दिए प्रचण्डको गोप्य पत्र
काठमाडौं, ४ भदौ ।
भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको सन्देश हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री दाहालको विशेष दूतको रुपमा निधीले मोदीलाई एक चिठी हस्तान्तरण गरेका हुन् । सन्देशमा विशेषत चार महत्वपूर्ण कुराहरु उल्लेख गरिएका छन् । शनिवार सामूहिक रुपमा ३५ मिनेट र वान टु वान १५ मिनेट कुराकानी गरेका थिए ।
प्रधानमन्त्रीको सन्देशमा संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर सकेसम्म छिटो चुनावमा जाने नयाँ सरकारको प्राथमिकता रहेको बताइएको छ । विशेषत मधेशवादी दल र जनजातीको मागलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
दोस्रो, नयाँ सरकार भारतसँगको सम्वन्धलाई सुमधुर वनाउन आतूर छ भन्ने सन्देश दिइएको छ । विगतमा देखिएका केही असमझदारी पूर्णरुपमा हटेको सन्देश दाहालको छ ।
तेस्रो, सन्देशको रुपमा दुई पक्षीय उच्च भ्रमणलाई उच्च प्राथमिकतामा राख्ने जसका कारण दुई पक्षीय सम्बन्धले नयाँ उचाई ग्रहण गर्ने छ । चौथो सन्देशमा नयाँ सरकार विकासका परियोजनाहरुलाई अगाडी बढाउन चाहान्छ र त्यसका लागि भारतको सहयोग आवश्यक पर्ने उल्लेख गरिएको छ ।
मोदीले नयाँ सरकारलाई पूर्णरुपमा सहयोग गर्ने आश्वासन दिएको भेटमा सहभागी एक उच्च अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्
Loading...