बम्जनको निधन, सांसद अमात्यद्वारा दुःख व्यक्त

ललितपुर, ४ भदौ । 

नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि शङ्खु गाविस निवासी कमल बम्जनको ७० वर्षका उमेरमा शुक्रबार निधन भएको छ ।

बम्जनले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनप्रति काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्यले दुःख व्यक्त गर्दै यसबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।

बम्जन काँग्रेसको शुभेच्छुक संस्था आदिवासी जनजाति सङ्घ ललितपुरका अध्यक्ष तथा जिविस, जनजाति समन्वय समितिका उपाध्यक्ष समेत भइसकेका थिए ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...