भारतमा डिजेल र पेट्रोलको मूल्य घट्यो, नेपालमा पनि घट्ने आँकलन !

काठमाडौं, ३२ साउन ।

भारतमा डिजेल र पेट्रोलको मूल्य घटेको छ । सोमबार राती देखि लागु हुने गरी पेट्रोलको मुल्यमा मा १ भरतीय रुपियाँ तथा डिजेलको मुल्यमा २ भारतीय रुपियाँ कम भएको हो ।

मूल्य समायोजन पछि दिल्लीमा पेट्रोलको मुल्य भा रु ६० रुपियाँ ९ पैसा रहेको छ भने डिजलको ५० रुपियाँ २७ पैसा रहेको छ ।

भारतमा मूल्य घटेसंगै नेपालमा  पनि मूल्य घट्ने सक्ने आँकलन गरिएको छ । भारतीय आयल निगमले नेपाललाई हरेक १५ दिनमा नयाँ मूल्य सुची पठाउने गरेको छ । तर नेपाल आयल निगमले भने त्यस अनुसार नै समायोजन गर्ने गरेको छैन ।

नेपाल आयल निगमले यस अघि साउन १८ गते मूल्य संयोजन गरेको थियो । हाल नेपालमा पेट्रोल प्रतिलिटर ९७ रुपियाँ, डिजेल र मट्टितेल प्रतिलिटर ७३ रुपियाँमा बिक्रि भई रहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...