नेविसंघको सभापतिमा नैनसिंह महर विजयी, महामन्त्रीमा काफ्ले र थापा

काठमाडौं, २ भदौ । 

नेविसंघको सभापतिमा नैनसिंह महर विजयी भएका छन्। बिहीबार सम्पनन्न मत परिणाम अनुसार १४३५ मत ल्याएर महर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन्।

यस्तै महामन्त्रीमा महर प्यानलकै कुन्दनराज काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।

प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्। प्रदेश ४ बाट नेता गगन थापा निकट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्।

अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ। निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन। नेविसंघको ११ औं महाधिवेशनमा नेतृत्वका लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको थियो ।

उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सदस्यको १ सय २९ पद्का लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको हो ।

मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुने छन् । अन्य  पदहरुको मतपरिणाम आउने क्रममा रहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...