नेविसंघको सभापतिमा नैनसिंह महर विजयी, महामन्त्रीमा काफ्ले र थापा
काठमाडौं, २ भदौ ।
बिहीबार सम्पनन्न मत परिणाम अनुसार १४३५ मत ल्याएर महर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन्।
यस्तै महामन्त्रीमा महर प्यानलकै कुन्दनराज काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।
अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ। निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन। नेविसंघको ११ औं महाधिवेशनमा नेतृत्वका लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको थियो ।
उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सदस्यको १ सय २९ पद्का लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको हो । मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुने छन् । अन्य पदहरुको मतपरिणाम आउने क्रममा रहेको छ ।

प्रतिकृया दिनुहोस्
Loading...