स्थानीय तहको निर्वाचन फागुन वा चैतमा हुने : मन्त्री पाण्डे

काठमाडौं, २ भदौ ।

स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचन फागुन वा चैत महिनामा गर्ने गरी सरकारले तयारी अघि बढाएको बताएका छन्।

मन्त्रीपरिषद् बैठकले स्थानीय तहको निर्वाचन कार्यविधि सम्बन्धी विधेयक तयार पार्न सैद्धान्तिक सहमति दिएकै दिन स्थानीय विकास मन्त्री पाण्डेले प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि निर्वाचन नगर्ने षड्यन्त्र गरेको आरोप लगाए पनि सरकारले फागुन वा चैत महिनामा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाएको बताए।

रिपोर्टस क्लबले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री पाण्डेले स्थानीय तहको पुनर्संरचनाको काम नसकिएका कारण अघिल्लो सरकारले प्रस्ताव गरे अनुसार मंसिर महिनामा भने निर्वाचन सम्भव नरहेको बताए। 

उनले फागुन÷चैत महिनामा निर्वाचन गर्न सरकारले स्थानीय तहको पुनर्संरचना आयोगलाई फागुन मसान्तसम्म म्याद भएपनि असोज मसान्तसम्म प्रतिवेदनको खाका पेश गर्न निर्देशन दिइसकेको बताए।

स्थानीय विकास मन्त्री पाण्डेले आयोगले प्रस्ताव गरेको स्थानीय तहको संख्या ५ सय ६५ अन्तिम नभएको भन्दै यस विषयलाई दलबीच छलफल गरेर टुंगो लगाइने बताए। 

उनले स्थानीय तहको पुनर्संरचनाको काम प्राविधिक मात्र नभएर राजनीतिक पनि भएकाले सरकारले पुनर्संरचनाको मापण्डका विषयमा दलीय सहमति जुटाउने बताए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...