भारतमा अलपत्र परिवारलाई नेपालीहरुद्धारा उद्धार
होम साउद, अछाम ३० साउन ।
भारतको पुनाबाट अलपत्र एक परीबारलाई त्यहाँस्थित नेपालीहरुले ऊद्दार गरी घर पठायका छन ।
अछाम मंगलसेन नगरपलीका वडानम्वर १ बस्ने गोरे थापाको छोरा चन्द्र थापाको पुनामा असार २६ अर्थात जुलाई १० का दिन असामहीक नीधन भएको थियो ।
थापाको निधन पछि अलपत्र परेका उनका श्रीमती सहित १ छोरा र १ छोरी सहित ३ जनाको परिवारलाई रोजगारीको सिलसिलामा पुनामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरि घर पठाएका हुन ।
यहि साउन ८ गते नर बहादुर बोगटीको अध्यक्षतामा नेपालीहरुको बैठक बसी पुना नगर समीती भीत्र रहेका नेपाली सघसंस्था र सम्पूण नेपली दाजुभाई बाट सक्दो सहयोगमा आर्थिक चन्दा संकलन गरिएको र अलपत्र परिवारलाई घर पठाँउने निर्णय गरिएको थियो ।
नेपाल पठाऊने नीर्णय अन्तरगत सबै नेपाली दाजुभाइको सहयोगमा मृतक थापाका परिवारलाई असार २९ गते अर्थात अगष्ट १३ का दिन सहयोग रकम हस्तान्तरण गरिएको त्यहाँवाट लाल बहादुर साउदले जाँनकारी दिए ।
त्यहाँस्थित सम्पुर्ण नेपाली सघसंस्था र आम नेपाली दाजुभाईहरु वाट भारु रू ७० हजार ४ सय २२ अर्थात एक लाख बाह्र हजार बढी नेपाली रुपैयाँ नगद सहयोग गरिएको साँउदले जाँनकारी दिए ।
सहयोग रकम हस्तान्तरण गरिसकेपछि अलपत्र परेको थापाको परिवारलाई साउन ३० गते अर्थात अगष्ट १४ मा नेपाल पठाईसकिएको उहाँले जाँनकारी दिए ।
मृतक थापाको परिवारलाई उद्धारका लागि मंगलसेन नगरपालिका २ मिस्तुरुका नर बहदुर बोगटी, मंगलसेन १ ढुंगानीका लाल बहादुर साउद, करन साउद, नृप राज नाथ लगायत दर्जन बढी ब्याक्तिहरुले सहयोग गरेको बताईएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...