नेविसंघ महाधिवेशन विवाद चरम उत्कर्षमा : सानेपामा कुटाकुट (भिडियो सहित)
काठमाडौं, ३० साउन ।
नेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनका प्रतिनिधिको विषयलाई लिएर माउ पार्टी नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा कुटाकुट भएको छ
शनिबार प्रकाशित महाधिवेशन प्रतिनिधिको विषयलाई लिएर असन्तुष्ट बनेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेविसंघका कार्यकर्ता र सुरक्षाकर्मीबीच कुटाकुट भएको हो ।
फर्जी प्रतिनिधि खारेज गर्नुपर्ने भन्दै पौडेल पक्षका नेविसंघका कार्यकर्ताले नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पार्टी कार्यालयबाट हटाउन खोज्दा झडपको स्थीत उत्पन्न भएको हो । अहिले प्रहरीले उनीहरुलाई पार्टी कार्यालयबाट हटाएको छ ।
नेविसंघ प्रवक्ता युपी लामिछानेका अनुसार पौडेल पक्षका नेविसंघका कार्यकर्ताहरुले फर्जी महाधिवेशन खारेजीको माग गर्दा झडप भएको हो ।
आन्दोलित विद्यार्थीहरुले कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा पनि मागेका छन् । साथै पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशशरण महत विरुद्ध पनि नाराबाजी गरेका छन् ।
यसअघि आइतबारै पौडेल पक्षले फर्जी प्रतिनिधि खारेज नभएसम्म महाधिवेशन अघि बढ्न नदिने निर्णय गरेको छ ।

हेर्नुहोस् भिडीयो
प्रतिकृया दिनुहोस्
Loading...