हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा दाजुभाइको ज्यान गयाे

बुटवल, ३२ साउन । 

बुटवलमा करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका– १२ स्थित प्रहरी तालिम केन्द्र पछाडिको हाइटेन्सन विद्युत् लाइनको तार चुँडिएर लाग्दा सडकमा खेल्दै गरेका दुई दाजुभाइ १० वर्षीय रोहित र छ वर्षीय रोहन क्षत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

पूर्वपश्चिम विद्युतीय प्रसारण लाइनको तीन हजार केभिए उच्च प्रभावको तार एक्कासि चुँडिएर तिनलाई लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तार पुरानो भएकाले चुँडिएको हुन सक्ने प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...