काभ्रे र बैतडी दुर्घटनाप्रति राष्ट्रपतिले गरिन दुःख व्यक्त

काठमाडौँ, ३२ साउन । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काभ्रेको बिर्तादेउराली तथा बैतडीको सिद्धेश्वर वृन्दावनमा भएका छुट्टाछुट्टै बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् ।

ती छुट्टाछुट्टै स्थानमा सोमबार भएको बस दुर्घटनामा परी ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख छ ।

केही समयदेखि यस प्रकारका सडक दुर्घटनाको क्रम बढेका सन्दर्भमा राष्ट्रपतिले भविष्यमा यस्ता दुःखद् घटना रोक्नेतर्फ आवश्यक कदम चाल्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको जनाइएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...