लोकसेवाले प्रस्ताव गरेको ‘विधेयक मस्यौदा’ प्रति सेनाको आपत्ति

काठमाडौँ ८ भदौ ।

नेपाली सेनामा प्रचलित भर्ना, छनोट, बढुवालगायतका विषयलाई प्रभावित गर्ने गरी लोकसेवा आयोगले प्रस्ताव गरेको ‘विधेयक मस्यौदा’ प्रति नेपाली सेनाले गम्भीर आपत्ति जनाएको छ।

राखेको प्रस्तावलाई विधेयक प्रस्ताव गरेको मापदण्ड तथा कार्यक्षेत्रभित्र नपर्ने भन्दै आयोगको प्रस्तावित विधेयकमा उल्लिखखित कतिपय प्रावधानप्रति गम्भीर आपत्ति र असहमति जनाएको खबर आजको अन्नपूर्णमा शम्भु कट्टेलले लेखेका छन्।

आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा नेपाली सेनाका कतिपय कर्तव्य र अधिकारहरुमा आयोगले हस्तक्षेप गरेको भन्दै सैनिक मुख्यालायले असहमति जनाएको स्रोतले बताएको छ।

नेपाली सेनासम्बन्धी विषयबस्तु समावेश गरी आयोगले तयार पारेको विधयेकप्रति असहमति जनाउँदै सैनिक मुख्यालायले मंगलबार विधेयकमा उल्लेखित नेपाली सेनाका प्रावधानप्रति सुझाव र राय बुझाएको स्रोतले बतायो।

नेपाली सेनाले घुमाउरो शैलीमा विधेयकमा उल्लिखित ती प्रावधानहरु हटाउनसमेत आयोगलाई आग्रह गरेको छ। उक्त विधेयक संसदमा दर्ता भइसकेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...