आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि मनाइदै

काठमाडौं,२८ साउन ।  

अाज अन्तर्राष्ट्रिय युवा दिवस, गरीबी उन्मूलनमा युवा प्रतिबद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नारा सहित नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । 

संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ । नेपालको हकमा भने १६ देखि ४० वर्षसम्मको उमेर समूहका व्यक्तिलाई युवा भनि परिभाषित गरिएको छ । दिवसको अवसरमा अहिले राजधानीको भृकुटीमण्डपबाट प्रभातफेरीको आयोजना गरिएको छ । 

यस्तै युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रज्ञा भवनमा हुने बिशेष कार्यक्रमको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्दैहुनुहुन्छ । राष्ट्रपति भण्डारीले आजै युवा खेलाडी तथा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने १० युवालाई जनही १ लाखका दरले सम्मान गर्ने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता चुडामणी पौडेलले जानकारी दिए । 

२०६८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षका युवावर्गको संख्या ४० दशमलव ३५ प्रतिशत छ । अन्तराष्ट्रिय श्रम संगठनका अनुसार नेपालमा पूर्ण बेरोजगारी दर १९ दशमलव र अर्ध बेरोजगारी दर २८ दशमलब ३ प्रतिशत रहेको छ ।

 ३६ प्रतिशत युवा अझै कुनैपनि सीपमूलक कार्यमा जोडिन सकेका छैनन् भने ३६ प्रतिशतकै हाराहारी युवा महिला घरायसी कामकाजमा सीमित छन् । ५० दशमलब ५ प्रतिशत युवा भने कृषि आवद्ध रहेको सरकारी तथ्याङ्क छ । २०६८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षका युवावर्गको संख्या ४० दशमलव ३५ प्रतिशत छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...