भानुआटुमा गयो ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

भानुआटु, २८ साउन । 

दक्षिणी प्रशान्त महासागरमा रहेको भानुआटु टापुमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । 

अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार भानुआटु टापुदेखि ५३५ किलोटिर टाढा दक्षिणपूर्वी भागमा भूकम्पको केन्द्रविन्दु रहेको बताएकाे छ ।

भूकम्पछि प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको खतराको रहेको जनाएपनि पछि त्यसलाई रद्द गरिएको थियो । उक्त क्षेत्र धेरै भूकम्प गइरहने मध्येमा पर्दछ । गत अक्टोबर र डिसेम्बरमा पनि यही म्याग्निच्युडको आसपासमा भूकम्प गएको थियो ।

आजको भूकम्पको तीव्रतालाई शुरुवमा ७.६ रेक्टर स्केल भनेर मापन गरिएपनि पछि त्यसलाई घटाइएको थियो । यसको केन्द्रविन्दु जमिनभन्दा १० किलोमिटर रहेको बताइएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...