‘हेड सर’हरुलाई आईटी पढाउँदै महाविर

काठमाडौं ४ भदौ ।
‘मास्टर डिग्री वा पिएचडी गर्दैमा कोही पढेको हुँदैन यदी उसलाई सूचना प्रविधिको ज्ञान छैन भने,’ महाविर पुनले भने, ‘अहिलेको जमानामा अक्षर चन्नु मात्रै साक्षर हुनु होइन ।’
सूचना प्रविधिबारे ज्ञान नभएर अहिलेको समयमा निरक्षर सरह भयने उनले बताए । पुन शुक्रबार कास्कीका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सूचना प्रविधिको महत्व दर्शाउँदै थिए ।
जिल्ला शिक्षा कार्यालयले प्रअमार्फत शिक्षक र विदार्थीम्मलाई सूचना प्रविधिको महत्व बुझाउन पुनलाई निम्त्याइएको थियो ।
‘हेडसले चाह्यो भने स्कुलका केटाकेटीलाई सूचना प्रविधिमार्फत धेरै ज्ञान दिन सकिन्छ,’ उनले भने, ‘हेडसरले वास्ता नगेर सकुलमा कम्प्युटर र इन्टरनेट पुर्याए पनि प्रधावकारी हुँदैन ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...