मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक दराजमा थन्किए
काठमाडौँ ५ भदौ ।
शिक्षकको व्यवस्थापन हुन नसक्दा विद्यालयका लागि तयार गरिएका मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक दराजमा थन्किएका छन्।
पाठ्यक्रम विकास केन्द्रले प्राथमिकदेखि माध्यमिक तहसम्मका २४ मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ।

प्राथमिक तहमा केही विद्यालयमा केही मातृभाषाका पाठ्यपुस्तक पठनपाठन भए पनि माध्यमिक तहमा भने मुस्किलले तीन मातृभाषामा पठनपाठन हुने गरेको खबर आजको गोरखा पत्रमा प्रकृति अधिकारीले लेखेकी छन्।
केन्द्रले मैथली, भोजपुरी, अवधि, नेवारी, तामाङ, लिम्बू, वान्तवा राईलगायतका मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ। एसएलसी परीक्षामा नेवारी, मैथली र भोट बौद्ध भाषाका परीक्षार्थी सहभागी हुने गरेका छन्।
केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले माग भएमा थप मातृभाषामा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्न आफूहरू तयार रहेको बताउँदै भने, “मातृभाषामा अध्ययन अध्यापन गर्न विद्यालय र विद्यार्थीले चाहना गर्नुपर्दछ। ”
नेपालको संविधानमा मातृभाषामा शिक्षा पाउने हक हुने व्यवस्था छ। प्राथमिक तहमा एक सय पूर्णाङ्क अन्तर्गत स्थानीय विषय वा मातृभाषा अध्ययन गर्नुपर्ने अनिवार्य व्यवस्था छ। सोही अनुरूप केही विद्यालयले मातृभाषा छनोट गर्ने गरेका छन्।

पाठ्यक्रम विकास केन्द्रले विद्यालयलाई मातृभाषाका पाठ्यपुस्तक पठाउने व्यवस्था नभएको र विद्यालय पनि केन्द्रमा पाठ्यपुस्तक लिन नआउने भएकाले मातृभाषाको पठनपाठन प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन।
माध्यमिक तहमा ऐच्छिक रूपमा ५३ विषयका पाठ्यक्रम भए पनि कमै मात्र विषयमा अध्यापन हुँदै आएको छ। फोटोग्राफी, वाद्यवादन, गृहविज्ञान, वास्तुकला, नृत्य, हस्तकला, बेत, बाँस र सिल्प शिक्षा, टाइपिङ एन्ड सर्ट ह्यान्ड, प्रारम्भिक बाल विकासलगायतका विषय पाठ्यक्रममा मात्र सीमित बनेका छन्।
१६ वटा विदेशी भाषामा पाठ्यक्रम तयार गर्न सकिने सरकारी निर्णय भए पनि हालसम्म तीनवटाको पाठ्यक्रम बनेका छन्।

केन्द्रका अनुसार हिन्दी, अङ्ग्रेजी, फ्रेञ्च, रुसी, जर्मन, स्पेनिस, चिनियाँ, जापानी, बङ्गाली, उर्दू, तिब्बती, ग्रिक, ल्याटिन, अरेबिक, पर्सियन र हिब्रु भाषालाई २०६४ सालमा भाषा समूहभित्र समावेश गरिएको थियो। तीमध्ये हिन्दी, तिब्बती र अङ्ग्रेजी भाषाका विद्यार्थी एसएलसी परीक्षामा सम्मिलित हुने गरेका छन्।
अघिल्ला वर्षहरूमा भए पनि गत २०७२ सालको एसएलसी परीक्षामा हिन्दी विषय लिएका परीक्षार्थी थिएनन्।
प्रतिकृया दिनुहोस्
Loading...