माग पुरा गराउनु डा केसी आन्दोलन गर्दै

काठमाडौ,४ भदौ  ।

डा. गोविन्द केसी र उनका समर्थकले सरकारलाई दबाब दिन प्रदर्शन गर्दै छन् ।

सरकारसँग भएका सम्झौता कार्यान्वयन भएको भन्दै केसी र उनका समर्थकले आज बालुवाटार प्रदर्शन गर्ने भएका ह्रुन् ।

अनशनमा रहेको बेला सरकारसँग भएका आफ्ना सम्झौता र संसदमा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने लगायतका माग सम्बोधन नभएको उनको आरोप छ ।

डा. केसीले यसअघि प्रधानमन्त्री प्रचण्डसँग भेटगरी ६ बुँदे माग पत्र बुझाएका थिए । केपी ओली नेतृत्वको सरकारसँग भएको चार बुँदे सहमति कार्यान्वयन भएकोमा उनको आपत्ति रहकेो छ ।

उनले शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, पाँच वर्षभित्र सरकारी शिक्षण संस्थामा मेडिकल स्नातकोत्तर -पिजी) ७५ प्रतिशत निःशुल्क हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायतका माग राख्दै आएका छन् ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...