चीन भ्रमण सकेर उपप्रधानमन्त्री महरा स्वदेश फर्कदै

काठमाडौं, ४ भदौ ।

सरकारको विशेष दूतका रुपमा चीन भ्रमण सकेर उपप्रधानमन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्कदै छन् ।

महराले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ, विदेशमन्त्री वाङ यी लगायतसँग भेटवार्ता गरेका थिए ।

 महराले विदेशमन्त्री यी मार्फत राष्ट्रपति विद्या भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका थिए । सो अवसरमा दुई नेताबीच आपसी हित, द्विपक्षीय सहयोगका विषमा छलफल भएको थियो ।

महराको भेटवार्तमा चिनियाँ अधिकारीहरुलेले सरकार परिर्वतन नेपालको आन्तरिक मामिला भएको बताएका छन् । उनीहरुले नेपालमा स्थिरता होस् भन्ने चीनको चाहना रहेको बताएका थिए ।

महरा आज १० बजे स्वदेश फर्कदै छन् ।

महरा बेजिङमा उच्चस्तरीय भेटवार्तपछि बिहिबार अपराहृन छेङ्दु पुगेका थिए । काठमाडौंबाट सीधा हवाई सम्पर्क रहेको छेङ्दुमा नेपालले महावाणिज्य दूतावास खोल्न गृहकार्य अगाडि बढाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...