मर्नु अगाडी २ दिनसम्म लगातार भब्य पार्टी दिइन डेभिसले हेर्नुस् फोटोसहित



क्यालिफोर्निया, २९ साउन ।


मृत्यु भन्नेबित्तिकै धेरैलाई डर लाग्छ। यदि कसैको मृत्यु-समय निश्चित भइसकेको छ भने त्यहाँ परिवार, आफन्त र छरछिमेकीको रुवाबासी र कारुणिक दृश्यबाहेक केही देखिँदैन। तर क्यालिफोर्नियाकी एक महिलाले आफ्नो मृत्युअघि दुई दिनसम्म आफ्ना साथीहरुलाई भव्य पार्टी दिइन्।


४१ वर्षीया बेट्सी डेभिस आत्महत्या गर्न पाउने कानुनअनुसार मृत्युवरण गर्ने पहिलो क्यालिफोर्नियन बनेकी छन्। उनले आफ्ना नजिकका ३० साथीहरुलाई बोलाएर दुई दिन पार्टीको आयोजना गरिन्, अन्तत: सबैलाई छाडेर अन्तर्ध्यान भइन्।

क्यालिफोर्नियाका डाक्टरहरुले बनाएको आत्महत्या सम्बन्धी कानुनलाई सहयोग पुर्‍याउन भन्दै डेभिसले लेथल ड्रग लिएर आत्महत्या गरेकी हुन्। एएलएस नामक रोगबाट पीडित डेभिसलाई सन् २०१३ देखि उपचार थालिएको थियो।

उनले आफ्नो भव्य पार्टीमा बोलाएका सार्थीहरुलाई एउटा अनौठो सर्त पनि राखेकी थिइन्- नो क्राइङ अर्थात् रुन नपाउने।

उक्त विकेन्ड पार्टी सकिएको चार घण्टापछि डेभिसले कनोपी बेडमै देहत्याग गरेकी थिइन्। उनले मृत्युअघि मोर्फिन, पेन्टोबौबिटल र क्लोरल हाइड्राइट एकैपटक लिएकी थिइन्।



रोगका कारण आर्टिस्ट समेत रहेकी डेभिस मृत्युको नजिकै पुगिसकेकी थिइन् तर उनले स्वाभाविक मृत्यु पर्खिनन् र आफ्नै मर्जीमा मृत्युवरण गर्न पुगिन्।


, ,

प्रतिकृया दिनुहोस्

Loading...