१७ औँ ओभरमा सकियो खेल, नेदरल्याण्ड्ससँग नेपालको लज्जास्पद हार
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर १ बलमा १० विकेट गुमाएर ९४ रन मात्र बनाएको थियो । ९५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १६ ओभर ५ बलमै ३ विकेट गुमाएर खेल जितेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर १ बलमा १० विकेट गुमाएर ९४ रन मात्र बनाएको थियो । ९५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १६ ओभर ५ बलमै ३ विकेट गुमाएर खेल जितेको हो ।
नेदरल्याण्ड्सका स्टेफेन माईब्रगले ३३ र वेस्ले वारेसीले ३७ रन बनाए । नेपालका करण केसी, बसन्त रेग्मी र सागर पुनले एक/एक विकेट लिए ।
नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १२ बलमा ११ रन र अनिल मण्डल ३९ बलमा २० रन बनाएर आउट भए । कप्तान पारस खड्का बिना रन आउट भएपछि नेपालको ब्याटिङ धर्मराएको थियो ।
सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । शरद भेषावकर ७१ बलमा १४ रन बनाएर आउट भए । यस्तै सोमपाल कामी २८ बलमा १२ रन, सन्दिप लामिछाने १ रन र करण केसी बिना रन आउट भए ।
नेदरल्याण्डस्का मिचेल रिप्पोन, भ्यान डर गगटेनले ३/३ विकेट लिए । यस्तै भ्यान डर मर्वीले २ साथै मुदासार बुखारी र भ्यान मिकिरेनले १/१ विकेट लिए ।
प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् ।
अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।
यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भयो । काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।
यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भयो । काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।
प्रतिकृया दिनुहोस्
Loading...