पशुपतिजीले बेइमानी गर्नुभयो, राप्रपानको निर्णय दुर्भाग्यपूर्ण : कमल थापा
काठामाडौं, २५ साउन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनै पनि हालतमा आफ्नो पार्टीले राप्रपासँग पार्टी एकता नगर्ने बताएका छन्।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने,‘ पशुपतिजीले बेइमानी गर्नुभयो, उहाँले एक पक्षीय निर्णय गर्दै हामीसँग झुट बोल्नु भयो,’ थापाले भने,‘ राप्रपासँगको पार्टी एकीकरण अध्याय समाप्त भयो।’
विधानमा पशुपतीजीले भनेजस्तो कुनै विवाद नभएको भन्दै थापाले विधान भन्दा पार्टी एकता ठूलो कुरा भएको दाबी गरे।
‘पार्टी एकीकरण गर्न हामी तयार भयौ, हामी राप्रपाको विधानमा पनि सही गर्न तयार थियौ तर पार्टी एकता भन्दा सत्ता रोजे पशुपतिले,’ थापाले भने।
अब राप्रपासँग कुनै पनि हालतमा पार्टी एकता नहुने भन्दै थापाले अबको एकीकरण चुनौतीपूर्ण रहेको बताए।
राप्रपानको निर्णय दुर्भाग्यपूर्ण हो भन्दै उनले यसको सबै दोष पशुपतिले लिनुपर्ने बताए।

प्रतिकृया दिनुहोस्
Loading...