फेवातालमा डुंगा पल्टिँदा २ जना बेपत्ता, ६ घाइते

पोखरा २४ साउन । 
फेवा तालमा डुंगा पल्टिँदा २ जना बेपत्ता भएका छन् ६ जना घाइते भएका छन्। ढुंगा पल्टिदा काठमाडौं चक्रपथका १९ वर्षका प्रतिक श्रेष्ठ र एलिन केसी बेपत्ता भएका हुन् ।
श्रेष्ठ जापान र केसी विदेशमा पढेर घुम्न पोखरा आएका थिए। घाइेतहरुको मणिपाल र गन्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 
दुर्घटनाको खबर पाएलगतै पुगेको प्रहरी टोलीले ६ जनाको उद्दार गरेको छ । काठमाडौं  चक्रपथका १९ का सौगात श्रेष्ठ, २० बर्ष का सम्राट गौतम, ३१ बर्षका दिपक न्यौपाने, बसुन्धराका रोशन न्यौपाने, हेटौडा -६ का ३६ वर्षका विदुर धितालको उद्दार गरिएको हो ।
यस्तै सिन्धुली घर भई हाल पोखरा-६ लेकसाईड बस्ने ३० बर्षीया डुंगा चालक गंगा बस्नेतको पनि उद्दार गरिएको प्रहरीले जनाएको छ ।
ओभरलोड हुनुका साथै हावाहुरीका कारण डुंगा पल्टिएको थियो। डुंगा सार्वजनिक नभई होटलको प्राइभेट भएको र डुंगामा सवार कसैले पनि ज्याकेट नलगाएका कारण क्षति भएको  प्रहरीले जनाएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...