सेनाले गोली चलाएपछि सिकारी यसरी भागे
बर्दिया, ९ भदौ ।
बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोली गस्तीमा निस्केको बेला बाँसगढी नगरपालिका भास्तालमा चोरी सिकारी गर्ने सिकारी टोलीले एक्कासि सेनामाथि गोली चलाएपछि सेनाले जवाफी फायरिङ गर्दा सिकारीको भागाभाग भएको छ ।
सेनाले गोली चलाएपछि चोरीसिकार गर्ने ६ जनाको समूह दुई थान भरुवा बन्दुक र ४५ किलो सुकुटी छोडेर भागेका छन् ।
पैँतालीस किलो सुकुटीमा जरायो, सालक, दुम्सी माछाको सुकुटी रहेको निकुञ्जले जनाएको छ । फरार रहेका सिकारीको खोजी कार्य जारी रहेको बताउँदै सर्च अप्रेसन सुरु गरेको बर्दिया राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्
Loading...