८५ प्रतिशत सवारीले तोकिएको भन्दा बढी भाडा असुलेको खुलासा
काठामाडौं, १ भदौ ।
काठमाडौं उपत्यकाभित्र चल्ने र काठमाडौंबाट बाहिरिने ८५ प्रतिशत सवारीले तोकिएको भन्दा बढी भाडा यात्रुसँग असुल्ने गरेको पाइएको छ ।
सरकारले खटाएको विशेष अनुगमन टोलीले एक दिन गरेको अनुगमनमा ८५ प्रतिशत सवारीले तोकिएको भन्दा बढी भाडा लिएको भेटिएको हो ।
चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका विभिन्न नाका हुँदै बाहिरिने गाडीहरुले यात्रुसँग दोब्बरभन्दा बढी भाडा असुल्ने क्रम तीव्र भएको छ ।
मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले गरेको अनुगमनमा छड्केमा परेका २१ सवारीमध्ये १७ वटाले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुलेको भेटिएको हो । बढी भाडा लिने सवारीबाट बढी असुलिएको भाडा तुरुन्तै फिर्ता गराइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
गत माघ २४ गतेदेखि सरकारले नयाँ भाडादर लागु गरेको थियो । सरकारले उपत्यका भित्र न्युनतम भाडादर १३ रुपैयाँ र अधिकतम २४ रुपैयाँ तोकेको छ । तर सबै जसो गाडीले खुद्रा पैसा नभएको बहानामा १३ रुपैयाँ भाडा लाग्ने रुटमा १५ रुपैयाँ लिदै आएका छन् ।
यसरी तोकिएको भाडा दर कार्यान्वयन नहुँदा उपत्यकामा दिनहुँ झण्डै ८० देखि ९० लाख रुपैयाँका दरले गाडीले ठगी गरिरहेको अनुमान गरिएको छ ।
१५ रुपैयाँ तिर्न बानि परिसकेका यात्रुहरुले दुई रुपैयाँ फिर्ता पनि माग्न छाडिसकेका छन् । यात्रुले पनि नमाग्ने र सवारीमा सहचालकले पनि फिर्ता नगर्ने परिपाटीले ठगीको दर उच्च छ । यात्रुले पनि खुद्रा पैसा नबोक्ने प्रवृत्तिले ठगीलाई प्रोत्साहन गरेको छ ।
यस्तै उपत्यकामा चल्ने भाडाका ट्याक्सीले मिटरमा चल्न नमान्ने प्रवृत्ति बढ्दो छ । आफूले मागेजति भाडा नदिएसम्म यात्रु हाल्नै नमान्ने ट्याक्सीलाई कारवाही गर्न सरकारले प्रभावकारी कदम चालेको छैन । गाडी भाडा लागू भए/नभएको अनुगमन गर्ने यायायात व्यवस्था विभाग भने यो सबै थाहा पाएर पनि हात बाँधेर बसेको गुनासो पीडित यात्रुहरुको छ ।

प्रतिकृया दिनुहोस्
Loading...