सोमबार घरबाट निस्केका वृद्ध नदि किनारमा मृत भेटिए
तनहुँ, १ भदौ ।
गत सोमबार घरबाट निस्केका तनहुँका एक वृद्ध मस्र्याङ्दी नदी किनारमा मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको भानु नगरपालिका–३ दुवुङ्गा बस्ने ६७ वर्षीय मणिराम तामाङ मङ्गलबार साँझ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सोही भानु नगरपालिका–३ स्थित रेडीखोलाको दोभानभन्दा करिब २०० मिटर तल मस्र्याङ्दी नदीकिनारमा तामाङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
वृद्ध तामाङलाई नदीले बगाउँदा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । मृतकको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...