नेविसंघको निर्वाचनका कारण तरुण दलको अधिवेशन स्थगित

काठामाडौं, १ भदौ ।

आज हुने भनिएको नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दल ललितपुर जिल्लाको अधिवेशन स्थगित भएको छ । 

नेपाल विद्यार्थी सङ्घको निर्वाचन आज हुने भएकाले पार्टीका नेता तथा कार्यकर्ता त्यसतर्फ खटिनुपर्ने भएकाले अधिवेशन स्थगित गरिएको तरुण दलका जिल्ला सचिव शिवराम महर्जनले बताए। प्रतिनिधि गाउँगाउँबाट अधिवेशनमा भाग लिन आइसकेको अवस्थामा निर्वाचन स्थगित भएको हो । 

जिल्लाभरिबाट २८१ जना प्रतिनिधि चयन भएको बताइएको छ । नेतृत्व तहका लागि एक अध्यक्षसहित एक एक जना उपाध्यक्ष, सचिव र कोषाध्यक्ष चयन गर्ने प्रचलन रहेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...