पत्रकारले भैँसीको अन्तरवार्ता लिएपछि.... (भिडियो सहित)
पाकिस्तानी पत्रकार अमीन हाफिज अहिले इन्टरनेटमा निकै चर्चामा छन् । उनी चर्चामा आउनुको खास कारण छ । वास्तवमा उनले पत्रकारिता क्षेत्रमा यस्तो कृत्य गरेका छन् जो अहिलेसम्म कुनैपनि माइकालाल पत्रकारले गर्न सकेको थिएन ।
पाकिस्तानी टेलिभिजन जिओ टिभीका यी संवाददाताले भैँसीको अन्तर्वाता लिएर किर्तिमानी काम गरेका छन् । उनले भैँसीसँग अन्तरवार्ता लिँदा आफुले प्रश्नमात्र गरेनन् प्रश्नमा भैँसीले दिने मौन उत्तरलाई आफ्नो भाषामा अनुवाद गरेर झनै रोचक बनाएका छन् ।
टेलिभिजनमा लाहोर सहरमा मानिसलाई सडक पार गर्नका लागि बनाइउका आकासे पुलहरुमा मानिस भन्दा धेरै जनावरहरु आवतजावत गर्ने गरेको विषयमा हाफिजले एक रोचक रिपोर्ट तयार पारेका छन् ।
सुरक्षित रुपमा सडक पार गर्नका लागि बनाइएका आकाशे पुलहरु पैदल यात्रुले प्रयोग कम गर्ने गरेको र असुरक्षित रुपमा बाटो काट्ने गरेको तर गाइभैँसीले भने आकाशे पुलका सिँढी समेत चढेर पुल पार गर्ने गरेको सन्दर्भलाई जोड्दै उनले आकाशे पुल पार गरेको भैँसीको अगाडि गएर माइक तेर्साउँछन् र सोध्छन्, ई आकाशे पुलको सिँढी चढ्न सजिलो लाग्यो कि गाह्रो ?
जवाफमा भैँसी बाँ…. गर्छ । तर उसको त्यो आवाजलाई पत्रकारले अनुवाद गर्दछन् । सिँढी चढ्नु तथा ओर्लनु जनावरका लागि सजिलो काम नभएको भनेर भैँसीले भन्न चाहेको उनी बताउँछन् ।
यो रिपोर्ट टेलिभिजनमा प्रशारण हुँदा स्टुडियोमा रहने पत्रकार त मुस्कुराए नै हेर्नेहरु पनि पेट मिचीमिची हाँस्नुको विकल्प थिएन ।
हृेरौँ भिडियो
प्रतिकृया दिनुहोस्
Loading...

