अझै हटेन एक महिनाअघि खसेको पहिरो, रानीमहल पुग्ने पर्यटकलाई सास्ती

पाल्पा, २२ साउन । 

तानसेन–रानीमहल दरबार सडक खण्डमा एक महिनाअघि खसेको पहिरो नहटाइँदा रानीमहल पुग्ने पर्यटकले सास्ती पाएका छन् ।

पहिराले सडक अवरुद्ध बनेपछि नेपालको ‘ताजमहल’ रानीमहलसम्म सवारीसाधन चल्न सकेका छैनन् । तानसेनको गोर्खेकोट–औल हुँदै रानीमहल र तानसेन–चापपानी–कल्लाबारी हुँदै रानीमहलसम्मको सडकमा पहिरो खसेको हो । 

पहिराले पैदल यात्रुलाई समेत यात्रामा कठिनाइ भएको छ । सवारी साधन सञ्चालन हुन नसक्दा सो भेगबाट उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थी र सामान ढुवानी गर्न समस्या भएको स्थानीय बासिन्दा ताराबहादुर साठ्ठीघरले बताए ।

रानीमहलसम्म पुग्ने सडक निर्माणको काम भइरहेकाले पनि धेरै पहिरो खसेको हो । ढुङ्गासहित पहिरो र रुख खसेकाले पहिरो व्यवस्थापन गर्न समस्या भएको बताइएको छ । 

रानीमहलसम्म पुग्ने सडक समयमा नै मर्मत गर्न सकिए स्वदेशी तथा विदेशी पर्यटकलाई यात्रामा सहज हुने स्थानीय होटल व्यवसायी बताउँछन् ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...