सरकारी काम कहिले जाला घाम, फुर्सदिला बन्दै हुलाकका कर्मचारी
सल्यान, २२ साउन ।
सरकारी काम कहिले जाला घाम भन्ने उखानलाई चरितार्थ गर्दै हुलाकका कर्मचारिहरुले दिन कटाउने गरेका छन् ।
कुनै बेला चिठ्ठीपत्र र पुलिन्दा घर घरमा पुर्यान भ्याई नभ्याई हुने हुलाकमा कार्यरत कर्मचारी अहिले भने फुर्सदिला बन्दै गएका छन् ।
खासमा उनीहरुलाई फुर्सदिलो बनाइदिएको हो इन्टरनेटले सबैको हात हातमा मोबाइल, इन्टरनेट जस्ता प्रविधिको विकास भएसँंगै हुलाक मार्फत चिठीपत्र आउन छाडेको हो।
देशपरदेशका चिठ्ठीपत्र आदानप्रदान गर्नाका लागि लोकप्रिय हुलाक अहिले भने सरकारी कामकाजमा मात्र सीमित हुन थालेको छ ।
सूचना प्रविधिका क्षेत्रमा भएको परिवर्तनसँगै हुलाकलाई परिवर्तन गर्न नसक्दा कर्मचारीको काम हुन छाडेको छ।
सरकारी क्षेत्रको एक मात्र सूचना आदानप्रदान गर्ने माध्यमलाई सरकारले आधुनिकीकरण गर्न खोजेको भए पनि जिल्लामा सफल हुन नसकेको कर्मचारीको भनाइ छ ।
जिल्लामा एउटा जिल्ला हुलाक, ३७ अतिरिक्त हुलाक र ११ इलाका हुलाक कार्यालय रहे पनि कर्मचारीको काम कार्यालय खोल्ने र बस्नेभन्दा बढी देखिँदैन ।
प्रतिकृया दिनुहोस्
Loading...