सुकुम्वासीसंग पैसा असुल्ने नक्कली माओवादीलाई सक्कलिले रंगेहात समाते

माधब पनेरु, पोखरा, १० भाद्र ।

आफुहरु विप्लव माओवादी भएको भन्दै पोखराका शुकुम्वासीहरुसंग करौडौ रकम असुल गर्ने एक नक्कली माओवादी गिरोहलाई सक्कली माओवादीले सार्बजनिक गरेको छ ।

पोखरा मझेरीपाटनका करिव ३५ सय जना शुकुम्वासीसंग रबि होटलमा जनही १० हजारका दरले रकम अशुली गरिरहेको अबस्थामा विप्लव माओवादीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने लगाएको छ ।

गिरोह मध्येकी मनु सुनारलाई कास्की प्रहरीले नियन्त्रणमा थुनामा राखेको छ । पोखराको मझेरीपाटनमा रहेको करिब १७ सय प्रति जग्गमा सुकुम्वासीहरु बस्दै आएका छन । उक्त क्षेत्रमा पोखराका अरु ठाउँमा घर भएका ब्याक्तीत्वहरुले पनि घर बनाएर बसेका छन ।

खास खास रानितिक परिबर्तनको बेलामा सार्वजनिक तथा प्रति जग्गाहरुलाई बिभिन्न बाहानामा बिक्रि गरिदै आएको छ । उक्त क्षेत्रमा केही महिना पहिला पनि एक गैरसरकारी सस्थाले गरिवलाई भन्दै एक सय वटा घर बनाउने प्रस्ताव गरेपनि माओवादीले रोकेको थियो ।
पछिल्लो समय एक गिरोहले उक्त क्षेत्रमा रहेका सुकुम्वासीहरुलाई पैसा दिए मात्र बस्न दिने भन्दै ठगी गर्दे आएको रहस्य खुलेको विप्लव माओवादी कास्कीका नेता तथा जनपरिषद कास्कीका संयोजक जगन तिवारीले जानकारी दिए ।

विप्लव माओवादीको नाममा रकम अशुली भैरहेको जानकारी पाएपछि आफुहरुले खोजि गरेको र र्सिजनाचोकमा रहेको रबि होटलमा रकम अशुली भैरहेको जानकारी पाएपछि आफुहरु सोही स्थानमा गएर जनताहरुलाई भ्रममा नपर्न आग्रह समेत गरेको तिवारीले जानकारी दिए ।

शुकुम्वासीहरुमाथि कुनै पनि बाहानामा रकम उठाए त्यसकोे परिणाम नराम्रो हुने उनले चेतावनी दिएका छन् । 
गिरोहले सुकुम्वासीहरुसंग ब्याक्तिगत ऋण लिएको भन्दै तमशुक बनाएर रकम अशुली गरिरहेको अबस्थामा केही पत्रकार सहित छापा मारिएको थियो ।

विप्लव माओवादीका कार्यकर्ता पुगेपछि भाग्न खाजेकी मुना सुनारलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाईएको हो । उक्त गिरोहमा ओशरी गूरुङ, कर्ण बहादुर के.शी लगायतका रहेको माओवादीले जानकारी दिएको छ ।
आफ्नो पार्टीको समेत बदनाम गराउने गरी जनतामाथि शोषण गर्नेहरुलाई प्रशाशनले कार्वाही नगरे आफुहरुले नै कार्वाही गर्ने माओवादीले जनाएको छ ।

कानुनी उपचारका लागि आफुहरुले प्रहरीलाई बुझाएपनि प्रहरीले आवश्यक कार्वाही नगरे पार्टी चुप लागेर नबस्ने पिडितहरुसंग आयोजना गरिएको भेलामा माओबादी नेता तथा पार्टी सुकुम्वासी संघ कास्कीका संयोजक राजु भुजेलले बताए ।
प्रहरी नियन्त्रणमा रहेकी सुनारलाई आबस्यक अनुसन्धानका आधारमा कार्वाही अगाडी बढाईने वडा प्रहरी कार्यालय बैदामका प्रमुख मोहनमणी अधिकारीले जानकारी दिएका छन् ।

घटना प्रकृति हेर्दा ठगीको हो भन्ने देखिएकोले अनुसन्धान गरिने उनले बताए । प्रति परिवार दश हजारका दरले साढे तिन करोड ठगी गरेकालाई कार्वाही गर्न पिडितहरुले माग गरेका छन ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...