मुलुकको राजनीतिक अवस्था अझै चुनौतीपूर्ण छ :प्रकाशमान सिंह
दिया चन्द काठमाडौं, १० भदौ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको लोकतान्त्रिकक आन्दोलनमा मङ्गलादेवीको ठूलो योगदान रहेको बताएका छन् ।
नेपाल महिला सङ्घकी संस्थापक नेता मङ्गलादेवी सिंहको २० औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको उनको शालिकमा माल्यापर्ण गर्दे सिंहले जहानीया राणा शासनका विरुद्ध सिंहले खेलेको भूमिका निक्कै प्रसंसनिय रहेको बताए ।
उनले भने, “महिलाको हक हितका निम्ति राणाशासकका विरुद्ध लड्नु आँफैमा जोखिमपूर्ण काम रहेपनि उहाँले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभयो ।”
नेता सिंहले मुलुकको राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको भन्दै यो चुनौतीको सामना गर्न राजनीतिक दलहरुबीच एकता र आपसी समझदारी हुनु आवश्यक रहेको प्रस्ट पारे ।
नेपाली कांग्रेसले महिला सङ्घकी संस्थापक नेतृ सिंहको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...


