प्रचण्डले मोदीलाई पठाएको पत्र बारे संसदलाई जानकारी गराउ : एमाले
काठमाडौं, १२ भदौ ।
प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रको बारेमा संसदमा जानकारी गराउन माग गरेको छ ।
व्यवस्थापिका संसदको बैठकमा समय माग गर्दै एमाले सांसद भीम रावलले भारतीय प्रधानमन्त्री मोदीलाई सरकारले पठाएको सामान्य भनिएको पत्रमा लेखिएका कुरा जानकारी गराउन माग गरेका हुन् ।
यस्तै दुई उपप्रधानमन्त्रीलाई विशेष दूतको रुपमा छिमेकी मुलुक पठाउनु संयुक्त राष्ट्रसंघको परराष्ट्र नीति विपरित रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित सरकारले काम गर्नु आपत्तिजनक भएको बताए ।
जटिल अवस्थामा मात्र उपप्रधानमन्त्रीलाई विशेष दूतको रुपमा पठाउन सकिने भएकाले अन्तर्राष्ट्रिय मान्यता विपरित सरकार अघि बढेको नेता रावलको आरोप छ ।
प्रतिकृया दिनुहोस्
Loading...

