माओवादी केन्द्रको नयाँ निर्णय : पुरानो जम्बो समिति भंग गरिने

काठमाडौं १५,भदौ ।

नेकपा माओवादी केन्द्रको महाधिबेशन आयोजक समिती भंग गरिने भएको छ । 

पुरानो आयोजक समिती भंग गरी नयाँ बनाउनका लागी केन्द्रले जिल्लाहरुबाट पुन सिफारिश गर्न सर्कुलर जारी गरिएको छ ।

माओवादी केन्द्रको भाद्र ३ र ४ गते बसेको कार्यालय बैठकले महाधिवेशन आयोजक समिति जम्बो भएको भन्दै उक्त आयोजक समिति नरहने र पुन सिफारिश गर्न जिल्लाहरुलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

सुरुमा ५ सय नकटनेगरि आयोजक समिति निर्माण गर्ने निर्णय गरेको केन्द्रमा ९, ११,१३ हुदैँ २५ सय सम्मको आयोजक समिति बन्ने चर्चा थियो ।

केही महिनाअघि काठमाडौंमा भएको विभन्न माओवादीबिचको एकतापश्चात निर्माण भएको माओवादी केन्द्रदेखि उसका भातृ भगिनि संगठनहरुसमेत जम्बो आकारको बन्दै गएपछि चौतर्फी आलोचना हुँदै आईरहेको थियो ।
अब बन्ने संरचना कत्रो र कति संख्याको हुने भन्ने कुरा फेरी पनि अन्यौल नै छ । 


, , ,

प्रतिकृया दिनुहोस्

Loading...