यूएईमा ज्योति मगर र नबिन पौडेल सरकारी मञ्चमा
मान बहादुर के.सी ‘मुस्कान’ यूएई ।
हिन्दू महिलाहरुकाे चाँड तिजकाे अबसरमा यहाँ रहेका नेपालीहरुले ‘नेपाली तीज महोत्सव तथा सम्मान साँझ २०७३’ काे अायाेजना गर्ने भएका छन् ।
कार्यक्रम एनआरएनए रासअलखेमा क्षेत्रीय समिति र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘ईनास’ रासअलखेमा क्षेत्रीय समितिको सयुक्त आयोजनामा हुँने भएकाे छ ।
अागामी सेप्टेम्बर २ शुक्रबारका दिन रासअलखेमास्थित मिनिस्ट्री अफ कल्चरको सरकारी थिएटर हलमा हुन गईरहेको सो कार्यक्रममा चर्चित लोक-दोहोरी गायक नबिन पौडेल, गायीका ज्योति मगर र लोक दोहोरी गायिका गंगा घर्ती सहभागी हुँदैछन् ।
नेपालबाट आउने अतिथि कलाकारहरुसँगै रोजगारीको सिलशिलामा यूएईमा कार्यरत स्थानीय कलाकारहरुले पनि प्रस्तुति रहने छ ।
महोत्सव तथा सम्मान साँझ कार्यक्रममा विभिन्न क्षेत्रमा टेवा पुर्याई रहेका निम्न संस्था तथा ब्यक्तिहरूलाई सम्मान गरिने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘ईनास’ यूएईका महासचिव राम तामाङले जानकारी दिए ।
कार्यक्रममा पत्रकार मनोज श्रेष्ठलाई द्वन्दग्रस्त सिरियाबाट नेपाली चेलीको उद्धारमा पुर्याएको भूमिकाको कदर गर्दै सम्मान गरिने आयोजकले बताएका छन् ।
प्रबासमा रहेर पनि आफ्नो लोक सांस्कृति देउडा गीतको संरक्षण तथा सम्बर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सुदूर पश्चिम समाजबाट देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’लाई पनि सम्मान गरिने आयोजकले बताएका छन् ।
त्यसैगरी यूएईमा समस्यामा परेका २९ भन्दा धेरै नेपाली चेलीको उद्दारमा सक्रिय भूमिका निर्वाह गरेकी एनआरएन युएईकी महिला संयोजक कल्पना राईलाई पनि सम्मान गरिने भएको छ । धादिङका भुवन गुरूङ, झापाका राम दाहाललाई पनि सम्मान गरिने बताइएकाे छ ।
कार्यक्रममा यहाँस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन च्याम्बर अफ कमर्सका निर्देशक डा. अहमद रसेद अल सेमेइली, ‘एनआरएन’ युएईका अध्यक्ष सुदिप कार्की, नेपाली समाज यूएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, समाजसेवी सालिक सुवेदी र युएईमा कृयाशिल अधिकांश नेपाली संघ संस्थाका प्रतिनिधिहरु अायाेजकले बताएकाे छन् ।
कार्यक्रममा यहाँस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन च्याम्बर अफ कमर्सका निर्देशक डा. अहमद रसेद अल सेमेइली, ‘एनआरएन’ युएईका अध्यक्ष सुदिप कार्की, नेपाली समाज यूएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, समाजसेवी सालिक सुवेदी र युएईमा कृयाशिल अधिकांश नेपाली संघ संस्थाका प्रतिनिधिहरु अायाेजकले बताएकाे छन् ।
मिनिस्ट्री अफ कल्चरको सरकारी थियटर हल रासअलखेमा मा हुने उक्त कार्यक्रममा फुजैराह, सारजहा, अजमान, तथा उम्मअल कुवैनका नेपाली चेलीहरूलाई समाबेश गराउन बिशेष ध्यान दिएको कार्यक्रमका व्यवस्थापक केबिनजंग शाहीले बताएका छन् ।
अायाेजकले यूएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरु, नेपाली सामाजिक संघ संस्थाहरु, बुद्धिजिबी, समाजसेवी, तथा पत्रकारहरुलाई कार्यक्रम भब्यताका साथ सफल पार्न सहयोग गरी दिनु हुन कार्यक्रम संयोजक राजेन्द्र रोस्याराले हार्दिक अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...