पूर्व सांसद कार्कीको निधनप्रति संसदमा शोक

काठमाडौँ, १३ भदौ ।

व्यवस्थापिका–संसद्ले पूर्व सांसद बालाराज कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले पूर्व सांसद कार्कीको निधनप्रति एक मिनेट मौनधारण गर्नुका साथै उनको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

पूर्व सांसद कार्कीको भदौ १० गते उपचारका क्रममा ८३ वर्षको उमेरमा राजधानीमा निधन भएको थियो । विसं २०१७ देखि नेपाली काँग्रेसमा प्रवेश गरेका उनि २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

पूर्व सांसद कार्की २०३१ सालबाट भारत प्रवास बसी स्व गिरिजाप्रसाद कोइरालासँग २०३७ सालमा आममाफीपश्चात् स्वदेश फर्किएका थिए । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...