साउदी राजदूतलाई देश फर्कन इराकले आदेश जारी गर्यो

काठमाडौं, १३ भदौ ।

इराकले साउदी अरबसँग बग्दादमा रहेको राजदूतलाई बदल्न आग्रह गरेको छ । ईरानका बारेमा साउदी राजदूत तमर अल सबहानले विवादित अभिव्यक्ति दिएको भन्दै इराकी विदेश मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

विवादास्पद भनाइका कारण इराकी शिया नेताहरुले राजदूतलाई देशबाट निकाल्न माग गरिरहेका थिए ।
ईरान समर्थित शिया अतिवादीले आफ्नो हत्याको षडयन्त्र गरिरहेको राजदूतको भनाइ साउदी टेलिभिजनमा प्रशारण भएपछि शिया नेता रुष्ट बनेका थिए ।

शिया बहुल इराक तथा सुन्नी बहुल सउदी अरबबीच लामो समयदेखि एकापसमा प्रतिद्वन्द्विता रहिरहेको छ । (एजेन्सी)

,

प्रतिकृया दिनुहोस्

Loading...