क्यानडालाई हराउदै जर्मनी पुग्यो फाइनलमा

काठमाडौं, १ भदौ ।

जर्मनी ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

मंगलबार राति भएको सेमिफाइनलमा क्यानडालाई २–० ले हराएर जर्मनीले फाइनलमा स्थान बनाएको हो ।

लण्डन ओलम्पिक २०१२ मा कास्य पदक जितेको क्यानडालाई हराउन जर्मनीका लागि मेलानिए बेहरिनगर र सारा डाब्रिट्जले गोल गरे । स्वर्ण पदकका लागि शुक्रबार राति जर्मनीले स्वीडेनसँग खेल्नेछ ।
 
स्वीडेन बुधबार बिहान भएको खेलमा आयोजक ब्राजिललाई टाइब्रेकरमा हराएरफाइनलमा पुगेको छ । कास्य पदकका लागि शुक्रबार रातिनै ब्राजिल र क्यानडा खेल्ने छन् ।र क्यानडा खेल्ने छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...