पाकिस्तानविरुद्ध इङ्ल्यान्डले एकै इनिङमा बनायो ४ सय ४४ रन

काठमाडौं, १५ भदौ ।

एक दिवसिय क्रिकेटमा सर्वाधिक ४ सय ४४ रनको कीर्तिमान बनाउँदै इङ्ल्यान्डले पाकिस्तान विरुद्धको शृङ्खला जितेको छ ।

इङ्ल्यान्डको ट्रेण्ट ब्रिजमा गएराति सम्पन्न तेस्रो एक दिवसिय खेलमा घरेलु टोली इङ्ल्यान्ड १ सय ६९ रनले विजयी भयो ।

खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारीत ५० ओभरमा ३ विकेट गुमाएर ४ सय ४४ रन बनायो । एक दिवसिय क्रिकेटको इतिहासमा एकै ईनिङमा ४ सय ४४ रन बनेको यो पहिलो अवसर हो ।

यसअघि एक दिवसिय क्रिकेटको सर्वाधिक योगफल बनाउनेक्रममा नेदरल्याण्ड्स विरुद्धको खेलमा श्रीलंकाले ९ विकेट गुमाएर ४ सय ४३ रन बनाएको थियो ।

मंगलबारको खेलपछि श्रीलंकाको उक्त कीर्तिमान तोडिएको छ । इङ्ल्यान्डलाई कीर्तिमानी योगफलमा पु¥याउन अलेक्स हेल्सले सर्वाधिक १ सय ७१ रन बनाए ।

यसैगरी जोस बट्लरले अविजित ९० रनको योगदान दिए । जवाफमा ४ सय ४५ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४३ औं ओभरमा अल आउट हुनुपुर्व २ सय ७५ रन मात्रै बनाउन सक्यो । 

जितसँगै इङ्ल्यान्डले ५ एक दिवसिय खेलको शृङ्खला ३/० ले आफ्नो पक्षमा पारेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...