अस्पतालमै आक्रमण, ७० को मृत्यु

इस्लामवाद २५ साउन ।
पाकिस्तानको दक्षिण पश्चिम शहर क्वेटाको एक अस्पतालमा सोमबार आतंकवादीले गराएको आत्मघाती विष्फोटमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी घाइते भएका छन् । तीमध्ये अधिकांशको स्थिति गम्भिर छ ।
अस्पतालमा विष्फोट गराउनुभन्दा केहीअघि बालुचिस्तान राज्यका लोकप्रिय वकिल बिलाल अन्वर कासीको गोली हानी हत्या भएको थियो । उनको शव क्वेटाको सिभिल हस्पिटल पुर्याउने क्रममा आकस्मिक कक्षको प्रवेशद्वारमा स्थानीइ समयअनुसार बिहानको साढे ९ बजे बिष्फोट गराइएको थियो ।
कासी बलुचिस्तान बार एसोसियसनका अध्यक्षसमेत हुन् । उनको शव लगिएको जानकारी पाएर अस्पताल पुगेका वकिल र पत्रकारहरु आक्रमणको मुख्य निसाना बनाइउका छन् ।
घरबाट सर्वोच्च अदालत भवनतर्फ गईरहेका कासीलाई दुई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...